६ कार्तिक २०८३, शुक्रबार

संवैधानिक परिषद्को बैठकमा शेरबहादुर देउवा नजाने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् ।

सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको भन्दै देउवा बैठकमा सहभागी नहुने कांग्रेसले जनाएको छ ।

‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावनाविपरीत, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु,’ सभापति देउवाद्वारा शनिबार जारी विज्ञप्तिमा लेखिएको छ ।