मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कांग्रेस–माओवादीप्रति गोकुलको व्यङ्ग्य : बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता

दैनिक नेपाल २०७८ वैशाख २५ गते ११:४१

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभा सदस्यको उपचुनावको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै ‘रुख र गोलाकार बेपत्ता’ भएको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एमालेविरुद्धको ‘निर्दलीय’ गठबन्धनलाई आउने चुनावको युद्ध अभ्यासको संज्ञा समेत दिएका छन् ।

‘बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ,’ प्रश्न गर्दै उनले लेखेका छन्, ‘एक एमालेबिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा ! शायद आउने चुनावको युद्धअभ्यास होला ।’

आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमालेका रामवहादुर थापा ‘बादल’विरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटालाई स्वतन्त्र उम्मेदवार उठाएर कांग्रेस र एमाले मैदानबाट भागेको बास्कोटाको टिप्पणी छ ।

यसबाट कांग्रेस–माओवादी प्रतिस्पर्धाबाट पछाडि हटेको समेत उनको टिप्पणी छ ।

प्रतिक्रिया
सम्बन्धित