६ कार्तिक २०८३, शुक्रबार

अक्सिजन लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बेइजिङ जाँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशख । चीनबाट अक्सिजनसहित अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाज आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन उक्त जहाज बेइजिङ जान लागेको हो । उक्त जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउने बताइएको छ ।

उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम जहाज चीन जान लागेको बताइएको छ ।