शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रिमियर लिग फुटबलमा न्यूक्यासलसँग लेस्टर पराजित

दैनिक नेपाल २०७८ वैशाख २५ गते ८:४४

लण्डन, २५ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडसँग लेस्टर सिटी पराजित भएको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा न्यूक्यासलले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलका लागि क्यालम विल्सनले ६४ र ७३ औं मिनेटमा गरी दुई गोल गरे भने जो विलक २२ औं मिनेट तथा पल डुमेटले ३४ औं मिनेटमा एकरएक गोल गरे ।

लेस्टर सिटीका लागि ८० औं मिनेटमा मार्क अलब्राइटनले र ८७ औं मिनेटमा केलिची इहिनाचोले गोल गरे । जितपछि १३ स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अङ्क भएको छ । पराजित भएको लेस्टर सिटी ६३ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित