शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोनाविरुद्ध एमालेको खेलकुद महासंघले शुरू गर्‍यो विशेष अभियान, पठायो यस्तो सर्कुलर

दैनिक नेपाल २०७८ वैशाख २४ गते २३:४९

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको नेपाल खेलुकद महासंघले कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा यसको प्रभाव न्यूनीकरणमा सरकारलाई सहयोग पुर्याउने गरी ‘विशेष राष्ट्रिय अभियान’ शुरु गरेको छ ।

कोभिड–१९ कै संक्रमणबाट केही खेलाडी, खेलकर्मीलगायत विभिन्न व्यक्तित्वहरुलाई गुमाईसकेको भन्दै महासंघले थप मानवीय क्षति न्यूनीकरणका लागि यो अभियान शुरू गरेको बताएको छ । विद्यमान परिस्थितिमा कोरोना नियन्त्रण तथा रोकथामका लागि महासंघले ‘नेकोसको आह्वान, कोभिड–नो भीड’ नाराका साथ अभियान शुरु गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदमन्त्री समेत रहेका नेपाल खेलकुद महासंघका इञ्चार्ज दावा तामाङको उपस्थितिमा भएको आकस्मिक बैठकले कोभिड–१९ बाट सुरक्षित रहँदै यसको असरलाई न्यूनीकरण गर्नका लागि महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा परिचालन हुने गरी यो विशेष अभियान शुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यो अभियानमा परिचालित हुनका लागि आफ्ना सम्पूर्ण मातहतका कमिटी तथा सदस्यहरूमा विशेष सर्कुलरसहितको निर्देशन जारी गरेको छ ।

के–के गर्दैछ महासंघले ?

हेर्नुहोस् विज्ञप्ति–

प्रतिक्रिया
सम्बन्धित