शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ग्लोबल आईएमई लघुवित्तले वितरण गर्यो मास्क र स्यानिटाइजर

दैनिक नेपाल २०७८ वैशाख २४ गते २२:०२

काठमाडौं, २४ वैशाख । कास्की जिल्लाको विजयपुरमा केन्द्रीय कार्यालय भई राष्ट्रिय स्तरमा कार्यक्षेत्र बनाएको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयहरुले मास्क र स्यानिटाइजर वितरण गरेका छन् ।

कोरोना भाइरको महामारीमा सर्वसाधारणको सुरक्षामा अहोरात्र खटिने प्रहरी सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले मास्क तथा स्यानिटाइजर वितरण गरेको संस्थाले बताएको छ ।

संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडी र तानसेनलगायत शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर स्यानिटाइजर तथा २५ प्याकेट मास्क वितरण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित