बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रेमको शब्द, किरण र प्राश्नाको स्वरमा ‘चोली तिम्रो’ सार्वजनिक

दैनिक नेपाल २०७८ वैशाख २४ गते १६:३८

 काठमाडौं, २४ वैशाख । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ । फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ । पूर्वको सुन्दर चिया बगान वरपर छायाँकन गरिएको भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशन गरेका हुन् ।

एसटीएम भूभीमा पोस्ट प्रडक्शन गरिएको भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित