शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वीरगञ्ज महानगरपालिकाकी उप–प्रमुख ८८ वर्षीया कार्कीलाई कोरोना

दैनिक नेपाल २०७८ वैशाख २४ गते ६:३५

वीरगञ्ज, २४ वैशाख । वीरगञ्ज महानगरपालिकाकी उप–प्रमुख ८८ वर्षीया शान्ति कार्की कोरोनाभाइरसको संक्रमित बनेकी छिन् ।

बिहीबार १ सय ९२ जनाको स्वास्थ्य परीक्षण गराइएको नारायणी अस्पतालमा उपप्रमुख कार्कीसहित १ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

परीक्षण गराएका मध्ये संक्रमण पुष्टि ७८.६४ प्रतिशत भएको नारायणी अस्पतालले जनाएको छ । यो हालसम्म परीक्षण गराएकामध्य उच्च संक्रमण दर भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए ।

परीक्षण गराएकामध्ये ९५ पुरुष र ५६ जना महिला संक्रमित छन् । उनीहरूको उमेर समूह ६ वर्षदेखि ८८ वर्षसम्म छ ।

८८ वर्षको उमेर समूहमा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की रहेको बुझिएको छ । संक्रमितको सिटी भ्यालु १४ देखि ३४।९ सम्म रहेको अस्पतालले जनाएको छ ।

उपप्रमुख कार्कीको भने सिटी भ्यालु २८ माथि रहेको उनका स्वकीय सचिव विजय पौडेलले बताए । पर्साबाहेक बाराका ३०, सर्लाहीका ७, रौतहटका ५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित