बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

मिस युनिभर्स प्रतियोगितामा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

दैनिक नेपाल २०७८ वैशाख २३ गते २१:४१

काठमाडौं, २३ वैशाख । मिस युनिभर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् ।

मिस युनिभर्स यही मे १६ का दिन हलिउड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटेल एण्ड क्यासिनोमा हुँदै छ । वर्तमान विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण अंशिका र ब्रेभ बोल्ड एण्ड ब्युटीफुल टीमले विगतमा जस्तो औपचारिक रूपमा पत्रकार सम्मेलन आयोजना नगर्ने निर्णय गर्दै यसको सट्टा अंशिकाले प्रतियोगिताको पूर्वतयारी रेकर्ड गराएको जनाएको छ ।

अंशिकाको साहस र उदारताको कथाले तेस्रो लकडाउनमा प्रवेश गर्दै गरेको एक राष्ट्रलाई केही राहत मिल्ने विश्वास लिइएको छ । ‘यस यात्राको हरेक पाइलामा तपाईंहरू सबै हाम्रो सम्झनामा हुनुहुन्छ र हामी एकजुट भएर विजय हासिल गर्ने कुरामा पनि विश्वश्त छौं,’ अंशिकाले भनेकी छिन् ।

६९औं मिस युनिभर्स प्रतियोगिता मे १६ बेलुका ८ बजे (मियामी समय) मा प्रत्यक्ष प्रशारण हुँदै छ । नेपाली समयअनुसार मे १७ बिहान ५ः४५ मा हुने छ । त्यसैगरी राष्ट्रिय पोशाक शो मे १३, बेलुका ८ बजे (मियामी समय) हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित