बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतमा ओरालो लागेको कोरोनाले बुधबार नयाँ रेकर्ड बनायो

दैनिक नेपाल २०७८ वैशाख २३ गते ११:०४

नयाँदिल्ली, २३ वैशाख । भारतमा एक–दुई दिन ओह्रालो लागेजस्तो देखिएको कोरोनाभाइरसको संक्रमणले बुधबार नयाँ रेकर्ड बनाएको छ ।

बुधबार भारतभर एकैदिनमा ४ लाख १२ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो । त्यसपछिका केही दिन संक्रमण घटे पनि बुधबार नयाँ रेकर्ड बनेको हो ।

अघिलो साताभन्दा कम परीक्षण गर्दा पनि यति धेरै संक्रमित भेटिनु चिन्ताको विषय भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

अप्रिल ३० मा भारतभर १९ लाख ४० हजार मानिसको स्वाब परीक्षण गरिएको थियो भने मंगलबार १५ लाख ४० हजारको मात्र परीक्षण गरिएको थियो ।

संक्रमितसँगै भारतमा दैनिक मृत्युमा पनि बुधबार नयाँ रेकर्ड बनेको छ । बुधबार ३ हजार ९ सय ८० जना संक्रमितले ज्यान गुमाएका छन् । उत्तर प्रदेश, कर्नाटका, हरियाणा, पञ्जाब, तमिलनाडु र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित