३ कार्तिक २०८३, मंगलबार

राखीलाई कोरोनाले नछुने, कंगना गद्दार भएको खुलासा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका एवम् मोडल राखी सावन्तले आफूलाई कोरोनाभाइरसको संक्रमणले नछुने दाबी गरेकी छिन् ।

आफूलाई कोरोनाले नछुने भनेपछि राखीलाई आलोचना गरेर उडाइएको छ । राखीले आफ्नो शरीरमा पवित्र रगत बगिरहेका कारणले गर्दा आफू र आफ्नो परिवारलाई कोरोनाले नछुने बताएकी छिन् ।

नायक सलमान खान र सोहेल खानको मद्दतले राखीकी आमाको क्यान्सर रोगको उपचार भएको थियो ।

राखीले बलिउड नायिका कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड भएको विषयमा पनि आफ्नो बयान दिएकी छिन् ।

उनले देशमा हिंसा भड्काउने विषयमा कंगनाले ट्विट गरेको भन्दै ट्विटरको कदमलाई सही भनेकी छिन् ।

देशको विषयमा कंगनाले दिएको आपत्तीजनक बयान गद्दार काम गर्नु सरह भएको राखीले उल्लेख गरेकी छिन् ।