५ मंसिर २०८३, शनिबार

ओली र देउवाबीच भेटवार्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित देउवा निवासमा ओलीसँग दुई शीर्ष नेताबीच भेटवार्टा भएको स्रोतले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरूले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरेका छन् ।

भेटवार्तामा एमालेबाट प्रधानमन्त्री ओलीसहित उप–प्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङ छन् ।

कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, उप–सभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र सह–महामन्त्री डा.प्रकाशशरण महत सहभागी छन् ।