काठमाडौं, २२ वैशाख । माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णयबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको छ । माओवादीका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयमा समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।
प्रधानमन्त्री ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार बिहान बसेको संसदीय दलले २०७४ साल फागुनमा एमाले संसदीय दलको नेता ओलाीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सो निर्णयलाई माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक गुरुङले संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बुझाए ।











प्रतिक्रिया