५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीलाई भेटेर आएका मुख्यमन्त्री गुरुङको आरडीटी रिपोर्ट पोजिटिभ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि टेस्ट गराउँदा पोजिटिभ देखिएपछि मंगलबार उनको पीसीआर टेस्ट गरिएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बताए । मुख्यमन्त्री गुरुङको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

प्रेस संयोजक न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

मुख्यमन्त्री गुरुङ मंगलबार भएको सर्वदलीय बैठकमा समेत सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।