२ कार्तिक २०८३, सोमबार

क्युबाद्वारा कोरोनाविरुद्धका दुई खोप तयार, परीक्षण हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्युबा, २२ वैशाख । । कोरोना महामारीको मारमा परेको क्युबाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

विश्वभरि भैरहेका २७ वटा खोप परीक्षणमध्ये दुई खोप क्युबाले विकास गरेको छ । क्युबाको फिन्ले इन्स्टिच्युटले सभरिन २ नामको खोप विकास गरेको छ ।

नौ महिनाअघिको सोँच पूरा हुनै लागेको र अहिले तेस्रो चरणको परीक्षणमा पुगेको फिन्ले इन्स्टिच्युटका निर्देशक डा.भिसेन्ते भेरेजले बताए ।

क्युबाले एक वर्षमा १० करोड सोभरिन २ खोप उत्पादन गर्ने लक्ष्य लिएको गार्जियनले जनाएको छ ।

क्युबामा हरेक दिन १ हजार मानिस कोरोनाबाट संक्रमित हुँदै आएको तथ्याङक छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले खोप उत्पादनमा देखिएका अवरोधहरु हटाउन आग्रह गरेको छ ।

डब्लूएचओका प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोरोनाको सङ्क्रमण दर बढ्दै जानु निक्कै चुनौतीपूर्ण रहेको र धेरै देशले खोप अभावको गम्भीर समस्या सामना गर्नुपरेको बताए ।

उनले खोप निर्माणमा संलग्न कम्पनीहरूले तत्कालका लागि बढी खोप उत्पादन गर्नुपर्ने र त्यसका लागि आवश्यक अवरोध हटाउन सम्बन्धित देशहरूलाई आग्रह गरे ।

क्युबामा अमेरिकाले नाका बन्दी लगाएको छ । नाकाबन्दीका बाबजुद क्युबाले कोरोनाविरुद्धको खोप बनाएको छ ।