प्यूठान, २२ वैशाख । प्यूठान जिल्लाको गौमुखी गाउँपालिका—३, रजवाराका अग्निपीडित रमेश रानाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
स्थानीय विशाल रानाको संयोजकत्वमा बनेको रमेश राना रिम आगलागी सहयोगार्थ समूहले देशबिदेशबाट संकलन भएको ४ लाख ४८ हजार ३४५ रुपियाँ र बेशीवन जागरण फ्रेन्ड्स कल्ब र सयुक्त प्रबासी सृजनशिल युवा मञ्चको पहलमा संकलन भएको २३ हजार ८१० रुपियाँ गरि कुल ४ लाख ७२ हजार १५५ रुपियाँ नगद राहत संयुक्त रुपमा प्रदान गरिएको हो ।
स्थानीय समाजसेवी सन्दीप राना, थानबहादुर थापा र प्रेम बुढा मगरले अग्निपीडित रमेश रानालाई शुक्रबार घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
दुःख, विपतमा परेकालाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले रकम संकलन गरि सहयोग हस्तान्तरण गरिएको संयोजक विशाल रानाले बताए ।
उनका अनुसार नेपाल सहित भारत, बेलायत, कोरिया, बेल्जियम, अमेरिका, साउदी लगायतका देशमा रहेका नेपालीहरूबाट उक्त सहयोग रकम जुटेको हो ।
आर्थिक सहयोगले आफूहरूलाई थोरै भएपनि राहत महशुस भएको भन्दै पीडित रमेश रानाले यो दुखको बेला साथ दिने सबैलाई धन्याबाद दिए ।
गत चैत २५ गते बिहान गोठमा आगलागी हुँदा रानाका एक छोरी र एक छोराको जलेर ज्यान गएको थियो ।
















प्रतिक्रिया