काठमाडौं, २२ वैशाख । काठमाडौं उपत्यकामा आज बुधबारदेखि एकहप्ता निषेधाज्ञा थपिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाण्डौमा एक हप्ता निषेधाज्ञा थपिएको हो ।
काठमाडौंमा निषेधाज्ञा थप कडाइसहित वैशाख २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
तरकारी र खाद्यान्नका पलसहरू बुधबारदेखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।
काठमाडौं उपत्यका बाहिर जानका लागि सम्बन्धित पालिकाले अनिवार्य १० दिनको क्वरेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस आवश्यक पर्ने भएको छ ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । यसअघि जारी भएका सबै पाससमेत खारेज गरिएको छ ।











प्रतिक्रिया