शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाल शर्ट फिल्म अवार्ड सम्पन्न, सरोज खनाललाई उत्कृष्ट निर्देशकको अवार्ड

दैनिक नेपाल २०७८ वैशाख २१ गते १५:३५

काठमाडौं, २१ वैशाख । काठमाडौंमा हालै सम्पन्न नेपाल शर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

अभिनेता खनालले पहिलोपटकको निर्देशनमै यो अवार्ड जितेका हुन् । यस्तै प्रतियोगितामा उत्कृष्ट शर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित ‘देशमाथि’ले जितेको छ ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियशनसले हालै आयोजना गरेको नेपाल शर्ट फिल्म प्रतियोगितामा यो अवार्डका लागि १९ वटा शर्ट फिल्म सहभागी गराएको थियो । त्यसमध्ये ८ वटा शर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले जानकारी दिए ।

अवार्ड विजेताहरूलाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, अभिनेता रवीन्द्र खड्का, रमेश बुढाथोकी र नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

सर्वोत्कृष्ट खलपात्रको अवार्ड कलाकार तुलसी प्रसाद श्रेष्ठले चलचित्र ‘नशा’बाट, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र ‘धूर्त काजी’बाट प्राप्त गरेका छन् । यस्तै सर्वोत्कृष्ट नवनायकको अवार्ड सुरज पोखरेलले चलचित्र ‘हाम्रो नाता’बाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रवदत्तले चलचित्र ‘सहारा’बाट, सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र ‘हाम्रो नाता’बाट प्राप्त गरेका छन् ।

यसैगरी सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र ‘लकडाउन’बाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र ‘सहारा’बाट अवार्ड प्राप्त गरेका छन् ।

अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रश्रितलाई चलचित्र ‘मेरो भगवान’बाट प्रदान गरियो । यस्तै शर्ट फिल्म निर्देशकको इन्करेजमेन्ट अवार्ड अमिर बरालले चलचित्र ‘ज्यान जाने पिरिम’बाट प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित