शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मंगलबार दिनभर चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

दैनिक नेपाल २०७८ वैशाख २१ गते १२:१५

काठमाडौं, २१ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिनभर चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेकाले यस्तो सम्भावना औंल्याएको हो ।

आज बिहान प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रह्यो भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश २ र प्रदेश १ का केहि भूभागहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।

यस्तै, आज दिउँसो देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र प्रदेश २, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

यस्तै देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा गरिएको छ ।

त्यस्तै, आज राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित