
काठमाडौं, २१ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि आज मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ ।
बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।
उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार (भोलि) मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । आजको बैठकले निषेधाज्ञाको अवधि थप एक साता बढाउने निर्णय गर्ने बताइएको छ ।
त्यसो त निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले दुई साताका लागि निषेधाज्ञा गर्न बाटो खोलिसकेको छ ।
थप गरिने निषेधाज्ञालाई थप कडा र बनाउने तयारी सीडीओहरुको छ ।















प्रतिक्रिया