६ कार्तिक २०८३, शुक्रबार

ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलालाई कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई कोरोना संक्रमण पुष्टि भएको उनी आफैंले जानकारी दिएका छन् । अहिले आइसोलेशनमा बसिरहेका उनले आज दिउँसो बस्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकमा सहभागी हुने बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दै छ ।

उक्त बैठकमा उनी भौतिक रुपमा नभई प्रविधिको प्रयोगमार्फत उपस्थिति हुने बताइएको छ । बैठक जिल्ला प्रशासन कार्यालय काडमाडौंमा बस्ने तय भएको छ ।