शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७८ वैशाख २१ गते ११:३९

काठमाडौं, २१ वैशाख । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएकोमा सुन आज प्रतितोलामा २०० रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ९० हजार १०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित