६ कार्तिक २०८३, शुक्रबार

युनियन लाइफले बोलायो तेस्रो वार्षिक साधारणसभा, के–के छन् एजेण्डा ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी जेठ ११ गते तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ ।

गएको आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते रुपन्देहीको रजिष्ट्रार कार्यालयमा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षणको प्रतिवेदन वासलात तथा वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ ।

सभाले हाल बाहलवाला लेखापरीक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस्लाई पुनः नियुक्त गर्ने बताइएको छ । सभामा स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तयारी छ ।