शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलायो

दैनिक नेपाल २०७८ वैशाख २१ गते ११:२२

काठमाडौं, २१ वैशाख । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले बताएको छ । सरकारले २०७६ को असोजमा उनलाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।

दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका थिए । पछिल्लो समय नेकपाको एकता भंग भएसँगै माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले फिर्ता बोलाउने क्रमलाई तीव्र पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित