शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम विजयी

दैनिक नेपाल २०७८ वैशाख २१ गते ९:५१

लण्डन, २१ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा बर्नलीलाई २–१ गोल अन्तरले पराजित गर्दै वेष्टह्याम विजयी भएको हो । जितसँगै पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अङ्क छ ।

चौथो स्थानको चेल्सीको ६१ अङ्क छ । तेस्रो स्थानको लेस्टर सिटीको ६३ अङ्क छ । वेष्टह्यामसँग पराजित बर्नली भने ३६ अङ्कसहित १६ औं स्थानमा छ ।

मंगलबार राति नै भएको अर्को खेलमा वेष्ट ब्रुम र वुल्भ्सले एकरएक गोलको बराबरी खेलेका छन् । तालिकामा वेष्ट ब्रुम २६ अङ्कसहित १९ औं स्थानमा छ भने वुल्भ्स १२ औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित