बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मोडलिङमा नायिका झरनाको कम्ब्याक

दैनिक नेपाल २०७८ वैशाख २१ गते ९:३१

काठमाडौं । मोडल एवम् नायिका झरना रिसाल लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छिन् ।

फिल्म र म्युजिक भिडियोहरूमा अभिनय गर्दै आएकी नायिका झरना झण्डै दुई वर्ष फिल्म क्षेत्रबाट टाढा रहिन् । एक वर्ष कोरोना महामारी र घरायसी कामका कारण झरना फिल्म र म्युजिक भिडियोबाट टाढा रहेकी हुन् ।

दोस्रो चरणको कोरोना महामारी शुरु हुनुभन्दा केही समय अगाडि झरनाले म्यजिक भिडियोमा अभिनय गरेर कम्ब्याक गरेकी छिन् । ‘लामो समय आफ्नै कारणले फिल्म र म्युजिक भिडियोमा खेल्न पाइन । कोरोना महामारीले पनि अबरोध भयो’, उनले भनेकी छिन्, ‘अब फेरि म्युजिक भिडियो खेल्न शुरु गरेको छु ।’

दोस्रो चरणको कोरोना महामारी शुरु भएपछि गृहजिल्ला दाङ गएकी झरना घरमै छिन् । उनले कोरोना महामारीबाट पुनः फिल्म क्षेत्रलाई ठूलो प्रभाव पारेको भन्दै चिन्ता जनाएकी छिन् ।

कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई उनले अनुरोध गरेकी छिन् । ‘कोरोनाले कसैलाई पनि चिन्दैन । सबैलाई कोरोना लाग्न सक्छ’, नायिका झरनाले भनेकी छिन्, ‘स्वास्थ्य मापदण्ड अपनाऔँ, मास्क लगाऔँ, बेलाबेला साबुन पानीले हात सफा गरौँ, पानी नपाइने ठाउँमा स्यानिटाइजर लगाऔँ ।’

प्रतिक्रिया
सम्बन्धित