घोराही, २१ वैशाख । दाङ जिल्लाको घोराही उप–महानगरपालिकास्थित लेटार जनकपुरको जंगलमा भेटिएको शव सञ्चारकर्मी देवेन्द्र ओलीको भएको हुन सक्ने अनुमान गरिएको छ ।
सञ्चारकर्मी ओली केही महिनादेखि हराइरहेका थिए । परिवारले भने अहिलेसम्म ओलीकै कंकाल भनेर स्वीकार गरिसकेका छैनन् ।
कंकालको डिएनए परीक्षणबाट मात्रै यथार्थता थाहा हुने भन्दै परिवारले डिएनए परीक्षणको माग गरेको छ ।
कंकालसँगै ज्याकेट, घडी, जुत्ता भेटिएका छन् । ज्याकेट, घडी र जुत्ता भने ओलीकै हुन सक्ने आशंका परिवारले गरेको छ ।
‘ज्याकेट, घडी र जुत्ता छोरा ओलीकै हो जस्तो देखिन्छ’, ओलीका बाबु दोर्ण ओलीले भने, ‘फेला परेका तीन चिजकै आधारमा छोराकै कंकाल हो भनेर भन्न सकिने अवस्था छैन ।’
ओलीले प्रयोग गरेको मोबाईल र लगाएको सर्ट भने फेला परेको छैन । डिएनए परीक्षण नै छोराको शव हो वा हैन भन्ने थाहा पाउने एक मात्रै विकल्प भएकोे बाबु ओलीले बताएका छन् ।
गत माघ १५ गते घोराहीस्थित दिदीको घरबाट निस्केका सञ्चारकर्मी ओली बेपत्ता छन् । उनी दिदीको घरमा डेरा गरी बस्दै आएका थिए ।















प्रतिक्रिया