मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

विश्वकै धनी व्यक्ति बिल गेट्सको सम्बन्ध विच्छेद

दैनिक नेपाल २०७८ वैशाख २१ गते ७:१९

न्युयोर्क, २१ वैशाख । विश्वकै धनी व्यक्ति एवम् माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले सम्बन्ध विच्छेद गर्ने भएका छन् ।

बिल गेट्सले आफ्नी पत्नी मेलिन्डा गेट्ससँग सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका हुन् ।

२७ वर्षको वैवाहिकसम्बन्ध तोडिएको जानकारी उनीहरूले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन् । ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं’, ट्वीटरमा भनिएको छ ।

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो । जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरूका तीन सन्तान छन् ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित