शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्राध्यापक सूर्यमान शाक्यको निधन, वातावरण पत्रकार समूहद्वारा दुःख व्यक्त

दैनिक नेपाल २०७८ वैशाख २० गते २०:३७

काठमाडौं, २० वैशाख । नेपाल वातावरण पत्रकार समूहसँग लामो समयदेखि आबद्ध रहँदै आएका प्राध्यापक सूर्यमान शाक्यको ६७ वर्षको उमेरमा निधन भएको छ ।

विगत डेढ वर्षदेखि क्यान्सर रोगले थलिएका शाक्यको हिजो आइतबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । समूहमा विज्ञ सदस्यका रूपमा शाक्य धेरै वर्षदेखि सक्रिय थिए ।

समूहको कार्य समितिमा समेत रहेर उनले वातावरण र विकासका बारेमा हुने गरेका कार्यक्रमहरूमा आफ्नो विषयगत विज्ञता अनुसार योगदान दिँदै आएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ । वातावरण इन्जिनीयर शाक्य वातावरण संरक्षण परिषद्मा सदस्यसचिव रहेर काम गरेका थिए भने काठमाडौं विश्वबिद्यालयमा प्राध्यापनरत थिए ।

‘शाक्यको निधनले समूहले एक सक्रिय सल्लाहकार गुमाएको छ । यस दुःखद घडीमा समूह शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्दै शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ समूहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित