
काठमाडौं, २० वैशाख । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ गराएकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले आजै उनीहरुलाई नियुक्त गरेकी थिइन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमकी शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै पौडेल र यादवलाई नियुक्त गर्ने सिफारिस गरेको थियो ।















प्रतिक्रिया