६ कार्तिक २०८३, शुक्रबार

देउवाले बोलाएको कांग्रेसको पदाधिकारी बैठक स्थगित, यस्तो छ कारण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको बताइएको छ । आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।

बैठकमा १४औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमका साथै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न उक्त बैठक बोलाइएको बताइएको थियो ।