६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय जनगणना २०७८ स्थगित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । सरकारले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १५ गतेदेखि हुने जनगणना स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारीलगायत कारण देखाउँदै केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२औं जनगणना तत्कालका लागि  स्थगित गरेको हो ।

कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई दृष्टिगत गरेर जनगणनाको अर्को मिति तय गरिने बताइएको छ । अहिलेको अवस्था अनुसार आगामी साउनअघि जनगणना गर्न सकिने अवस्था नभएको सरकारको निष्कर्ष छ ।

तथ्याङ्क विभागले आगामी जेठ २५ देखि असार ८ सम्म देशैभर जनगणनाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको थियो ।