६ कार्तिक २०८३, शुक्रबार

लुम्बिनीका सांसदद्वय श्रीवास्तव र शाहीले मुख्यमन्त्री पोखरेललाई नै साथ दिने (विज्ञप्तिसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेशसभाका सदस्यद्वय धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिने बताएका छन् ।

आज सोमबार उनीहरुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको पूर्ण साथ मुख्यमन्त्री पोखरेल र नेकपा एमाले प्रदेश संसदीय दलप्रति रहेको स्पष्ट पारेका हुन् । २०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा आफूहरु सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

‘नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानुनी र राजनीतिक रुपमा स्वाभाविक विषय हो,’ उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

आइतबार मुख्यमन्त्री शंकर पोखरेलले पुनः नियुक्ति पाएसँगै एमाले सांसद दुगनारायण पाण्डेले राजीनामा दिएका थिए भने सांसद धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले विपक्षी गठबनधनलाई सहयोग गर्ने चर्चा चलाइएको थियो ।

तर, आफूहरुबारे गलत हल्ला फिजाइएको भन्दै आज उनीहरुले विज्ञप्ति नै निकालेर एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।