मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

नेपाली भाषीहरूप्रति अनुदार ममता बनर्जी विधान सभा चुनावमा पराजित

दैनिक नेपाल २०७८ वैशाख २० गते ८:०६

नयाँदिल्ली, २० वैशाख । भारतको पश्चिम बङ्गाल विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेन्दु अधिकारीसँग पराजित भएकी छिन् ।

नन्दीग्रामबाट चुनाव उठेकी तृणमूल कंग्रेस टीएमजीकी नेतृ बनर्जी भाजपाका नेता अधिकारीसँग १९ सय ५६ मतले पराजित भएको बीबीसीले जनाएको छ । उनले भाजपाले धाँधली गरेको भन्दै अदालत जाने बताएकी छिन् ।

तृणमूल कंग्रेसमा रहेका सुबेन्दु अधिकारी भाजपामा प्रवेश गरेर नन्दीग्रामबाट उठ्ने निर्णय गरेपछि मुख्यमन्त्री बनर्जी पनि त्यसैले क्षेत्रमा उम्मेदवार बन्न पुगेकी थिइन् ।

नन्दीग्रामबाट चुनाव लड्ने बनर्जीको घोषणालाई निकै जोखिमपूर्ण मानिएको थियो । पराजित भएकी बनर्जी असमसहित दार्जिलिङका नेपाली भाषीहरूप्रति अनुदार रहेको आरोप लाग्दै आएको छ ।

बनर्जी आफैँले चुनाव हारे पनि तृणमूल कंग्रेसलाई भने शानदार जित दिलाएकी छिन् । दुई सय ९२ सिट रहेको पश्चिम बंगालमा बनर्जीको दल तृणमूल कंग्रेसले एक सय ९६ सिटमा जितेको छ । १८ सीटमा अग्रता लिइरहेको चुनाव आयोगले जनाएको छ ।

भाजपाले ६५ सीट जितेको छ । ११ सीटमा अघि रहेको छ । पश्चिम बङ्गालको चुनाव जित्न भाजपाले पूरै शक्ति लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित