२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामसँग सेफिल्ड युनाइटेड पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २० वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सेफिल्ड युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ ।

टोटनह्यामको जितमा गारेथ बेलले ह्याट्रिक गरे भने सन ह्युङ मिनले एक गोल गरे । जितसँगै टोटनह्याम ५६ अङ्कका साथ पाँचौं स्थानमा पुगेको छ ।

सेफिल्ड १७ अङ्कसहित पुछारमा छ । आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले न्यूकासल युनाइटेडलाई दुई शून्य गोल अन्तरले हरायो ।

तालिका रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल भने स्थगित भएको छ । ओल्ड ट्राफोडमा युनाइटेडका समर्थकले मैदानमै पुगेर हुल हुज्जत गरेपछि खेल स्थगित भएको हो ।

युनाइटेडले नयाँ प्रतियोगिता युरोपियन सुपर लिग नखेल्ने घोषणा गरे पनि समर्थकले विरोध भने छाडेका छैनन् ।