बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आईपीएलमा मुम्बईको जित, चेन्नई पराजित

दैनिक नेपाल २०७८ वैशाख १९ गते १०:०८

नयाँदिल्ली, १९ वैशाख । इन्डियन प्रियिमर लिग (आईपीएल)अन्तर्गतको शनिबार राति सम्पन्न खेलमा मुम्बईले जित हात पारेको छ ।

दिल्लीमा सम्पन्न खेलमा अलराउन्ड केइरन पोलार्डको उत्कृष्ट अलराउन्डर प्रदर्शनपछि मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गरेको छ ।

पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । उसका लागि अम्बाती रायाडुले सर्वाधिक ७२ रन बनाए। उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए ।

चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय पारी खेले । अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले २८ बलमा ५० रन बनाए ।

मुम्बईका पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए ।

मुम्बईको जितमा पोलार्डले विस्फोटक इनिङ खेले। उनले ३४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए ।

मुम्बईका क्वेन्टन डि ककले ३८ र कप्तान रोहित शर्माले ३५ रन बनाए । क्रुनाल पाण्ड्याले ३२ रन बनाए। चेन्नईका साम कुरानले ३ विकेट तथा मोइन अली र रवीन्द्र जडेजाले समान एक–एक विकेट लिए ।

जितसँगै मुम्बई ७ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ । ७ खेलमा १० अंक जोडेको चेन्नई पारजयपछि पनि शीर्ष स्थानमा यथावत् छ ।

प्रतिक्रिया
सम्बन्धित