२ कार्तिक २०८३, सोमबार

भारतमा बिरामीलाई निजी खर्चमा निःशुल्क अक्सिजन बाँड्ने युवक पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १९ वैशाख । भारतको उत्तरप्रदेशको जैनपुरस्थित सरकारी अस्पताल बाहिर अक्सिजनबिना तड्पिरहेका बिरामीलाई निजी खर्चमा अक्सिजन दिने एक युवकलाई प्रहरी पक्रेर मुद्दा चलाएको छ ।

कतिपयले यसलाई राहतकर्मीलाई स्तब्ध बनाउने घटनाको रूपमा लिएका छन् । यस सम्बन्धमा प्रहरी अधिकारीको भनाइ भने अर्कै छ ।

जैनपुरका प्रहरी अधिकारी मनीष बर्मा भन्छन्, ‘ती युवकले अस्पताल बाहिर अव्यवस्था सिर्जना गरेर स्वास्थ्यकर्मीलाई दुःख दिइरहेका थिए, त्यसैले पक्राउ गरिएको हो ।’ उनले कसैलाई पनि बिनाकारण दुःख दिने नियत प्रशासनको नभएको पनि बताएका छन् ।

पक्राउ पर्ने युवक जैनपुर कोतवालीका विक्की अग्रहरी हुन् । उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा १८८ र २६९ अनुसार मुद्दा दर्ता गरिएको छ । यो मुद्दा जैनपुरका प्रमुख स्वास्थ्य अधिकारीको उजुरीको आधारमा गरिएको हो ।

विक्कीले भने अक्सिजन नपाएका बिरामीको पीडा देख्न नसकेर आफ्नै एम्बुलेन्समा रहेको अक्सिजन सिलिण्डर निकालेर बिरामीलाई दिएको बताउँछन् । बीबीसी