
दाङ, १८ वैशाख । दाङमा भारतीय नम्बर प्लेट भएको कारमा तीन वटा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेट भएको जे ०१६६०८८५ को नम्बरको निशान कार भित्र तीन वटा शव फेला परेको हो ।
चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र शव फेला परेको प्रहरीले जनाएको छ ।
तीन वटा शव करिब ११ वर्ष मुनिका बालकहरुको भएको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ । यद्यपि उनीहरुबारे केही खुलाइएको छैन ।
घटनाको प्रकृति गम्भीर भएकाले अनुसन्धान नगरी केही भन्न नसकिने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया