
काठमाडौँ, १८ वैशाख । अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक/सम्पादक विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृ शोक परेको छ ।
बिगत एक दशकदेखि अमेरिकाबाट संचालित हुँदै आएको लोकप्रिय अङ्किय पत्र (अनलाइन ) का संचालक द्वयका पिता हेडम बहादुर थापाको निधन ९० बर्षको उमेरमा भएको छ ।
सम्पादक विजय थापाका अनुसार आज बिहान २०७८ साल बैशाख १८ गते निजनिवास काठमाडौमा हृदयघातबाट भएको हो । नेपालको धनकुटा मुगा गाउ पालिका घर भै हाल बालुवाटार निवासी स्व थापाका पाँचै छोराहरु परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्छन् भने विजय थापा÷विश्वराज थापा इनेप्लिजका संचालक हुन् ।
स्व थापाको जन्म १९८८ कार्तिक १६ गते सोमवार धनकुटा मुगामा भएको हो भने मृत्यु २०७८ शनिबार बैशाख १८ गते भएको छ । स्व थापा लामो समय सम्म शिक्षण पेशामा रहेका थिए भने ग्लोबल भ्वाइस इन्टरनेसनल भन्ने मासिक पत्रिकाको सम्पादक रही केही बर्ष काम गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गर्नु भएका स्व थापा कलेज(महाविद्यालय)मा पनि प्राध्यापन गराएका थिए । स्व थापा अमेरिकामा रहेका काइला छोरा बिनोद बहादुर थापा अमेरिकामा बोलाई पनि २–३ पटक गएका थिए ।
स्व थापाले अमेरिकाको अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) प्राप्त गरेता पनि पछि अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) दशकौ सम्म अमेरिका नगए पछि स्वत निष्क्रिय भएको हो । स्व थापाको धर्मपत्नी तीर्थ कुमारी थापा स्व बुबासँगै बालुवाटारमै बसोबास छन् भने जेठी छोरी शारदा सिलवाल पनि ताहचलमा छन् ।
स्व थापा अंग्रेजीमा लेख लेख्ने र बिशेष गरि व्याकरण अंग्रेजी साहित्यमा रुची राख्नु हुन्थ्यो । महामारीको यस्तो अवस्थामा छोराहरु अमेरिकामा रहेकोले केही छोराहरु नेपाल पुगे पछि अन्त्यष्टिकार्य र अन्तिम श्रद्धाञ्जली हुनेछ ।












प्रतिक्रिया