१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई गरिने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । कोरोना संक्रमणको दर झनै तीव्र बनेपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने भएको छ ।

उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञालाई थप कडा बनाउनेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप आवश्यक निर्णय गर्ने जनाइएको छ ।

शनिबार काठमाडौँको सडक अनुगमन गरेको प्रजिअको टोलीले निषेधाज्ञा प्रभावकारी बनेको पनि निष्कर्ष निकालेको छ ।

तर आइतबारदेखि कार्यालयलगायतका सवारी तथा मानिसको चापले संक्रमण थपिने जोखिम हुने भन्दै आइतबारदेखि थप कडा गरिने बताइएको छ ।