मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

गुजरातको कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख १८ गते ८:१७

नयाँदिल्ली, १८ वैशाख । भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ ।

भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको स्थानीय प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएको भारतीय स्रचारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।

अस्पतालका अनुसार उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन् । आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन् ।

अस्पतालको पहिलो तलामा कोरोना संक्रमित बिरामीहरूको उपचार हुँदै आएको थियो ।

आगलागीपश्चात वेलफेयरमा उपचार गर्न सम्भव नभएपछि अहिले ५० कोरोना संक्रमणका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ ।

आइसियुमा विद्युत सर्ट भएर आगो लागेको एसपी चुडास्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित