
काठमाडौँ, १७ वैशाख । देशभरका हाल १९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण तीव्र बनेपछि पहाडी जिल्लामा २ सय तथा तराई जिल्लाहरुमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका स्थानमा निषेधाज्ञा जारी भएको हो ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् ।
हाल बाँके, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, कैलाली, पर्सा, कञ्चनपुर, चितवन र रुपन्देहीमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै, कास्की, दाङ र पाल्पामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै, झापा, सल्यान, रुकुम पश्चिम र डडेलधुराका प्रमुख जिल्ला अधिकारीले वैशाख १९ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका छन् भने सुनसरीमा वैशाख १७ बाटै जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जाजरकोटमा १८ गतेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा भएको छ ।
बागलुङ, कालिकोट, दार्चुला र बर्दियामा स्थान तोकेर निषेधाज्ञा लागू गरिएको छ ।
कालिकोटमा पनि वैशाख १० गतेबाट निषेधाज्ञा जारी छ ।
गृहमन्त्रालयका अनुसार बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न ठाउँमा वैशाख १३ बाट निषेधाज्ञा जारी छ । बर्दियाको भुरीगाउँ, राजापुर र बढैयाताल गाउँपालिकामा पनि निषेधाज्ञा जारी छ । दार्चुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको विभिन्न भागमा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएको छ ।












प्रतिक्रिया