१४ कार्तिक २०८३, शनिबार

यी १३ वटा सीमानाका मात्रै खुल्ला राख्न सीसीएमसीको सिफारिस

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) १३ वटा सीमानाका मात्रै खोल्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेकाले यस्तो निर्णय गरेको हो ।

बैठकले हाल ३५ वटा सीमानाका सञ्चालनमा रहेकोमा अब १३ वटा सीमा नाकाहरु सञ्चालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको हो ।

जसमा काकारभिट्टा, जोगमनी, पशुपतिनगर, गौर, भिठ्ठामाेड, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, पुलघाट, झुलाघाट, गौरीफन्टा र गड्डाचौकी मात्रै सञ्चालन गर्न मन्त्रिपरिषद समक्षा सिफारिस गरेकाे उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

त्यस्तै, होटल क्वारेन्टाइन नमान्ने नेपालीलाई जरीवाना गर्ने तथा विदेशीलाइ डिपाेट गर्ने पनि बैठकले निर्णय गरेको छ ।

त्यस्तै, बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न गराउन निर्देशन दिएको छ ।