
मोरङ, १७ वैशाख । मोरङको विराटनगरसहित ३ गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार राती १२ बजेदेखि लागू हुनेगरी ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाको दोस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको बताए ।
उनले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका,जहदाँ गाउँपालिका तथा कटहरी गाउँपालिकाको १, २ ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको बताए । शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक वस्तु बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।












प्रतिक्रिया