९ कार्तिक २०८३, सोमबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नवलपरासी, १७ वैशाख । आफ्नै श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका–४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिषयमा उनीहरूबिच झै–झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।