घोराही, १७ वैशाख । दाङ जिल्लामा शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको छ ।
कोरोनाको नयाँँ भेरियन्टसहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो ।
दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ । बजार, यातायात सबै सुनसान भएका छन् ।
लकडाउनको समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएको छ ।
अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ ।















प्रतिक्रिया