९ कार्तिक २०८३, सोमबार

उदयपुरमा पोखरीमा किशोर मृत फेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

उदयपुर, १६ वैशाख । त्रियुगा नगरपालिका–४ बगाहामा बुधबार ३ः०० बजे पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट हिँडेका एक किशोर साँझ बगाहा नजिकै जङ्गलमा रहेको पोखरीमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यलयका अनुसार यसरी पोखरीमा डुबेर मृत फेला परेका किशोर त्रिनपा–४ का १५ वर्षीय विवेक ढकाल रहेका छन् ।

जङ्गलको पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट एक्लै हिँडेका ढकाल साँझसम्म पनि घर नआएपछि घरपरिवारसहित स्थानीयवासीले प्रहरीलाई जानकारी गराएर व्यापक खोजी गरेको प्रहरीले जनाएको छ ।

खोजी गर्ने क्रममा राति ढकालको कपडा जङ्गलको पोखरीको डिलमा फेला परेको र पोखरीमा खोजी गर्दा ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताए ।

अहिले ढकालको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ भने उनको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । –रासस