शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल पीएसजी पराजित

दैनिक नेपाल २०७८ वैशाख १६ गते ११:२१

लण्डन, १६ वैशाख । युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

बुधबार राति घरेलु मैदानमै सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।खेलको १५ मिनेटमै गोल गरेको पिएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय भोगेको हो ।

पीएसजीका मार्कवेन्होजले खेलको १५औँ मिनेटमै गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाममा पुनरागमन गरेको थियो ।

म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले एक–एक गोल गरेका थिए । सिटीका लागि ब्रुनेले खेलको ६४औं मिनेट र महरेजले खेलको ७१औ मिनेटमा गोल गर्दै जित दिलाएका थिए ।

खेलको ७७औं मिनेटमा पिएसजीका इद्रिसा गुएयेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

अब यस दुई टोलीबीच सेमिफाइनलको दोस्रो लेग मे ५ मा म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुनेछ । यसअघि सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र चेल्सीले १–१ गोलको बराबरी खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित