काठमाडौं, १६ वैशाख । कोरोनाभाइरसको संक्रमण भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ ।
पूर्वरानी शाहको उपचारमा संलग्न डा.जेपी जैसवालले उनलाई धेरै नै अक्सिजन दिनु परेको बताए ।
उनलाई प्रतिमिनेट २–३ लिटर अक्सिजन दिइएको थियो । उनलाई समस्या भएपछि बुधबार आइसियूमा राखिएको छ । अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको डा.जैसवालले बताएका छन् ।
कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डा.जैसवालले जानकारी दिए ।
यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।











प्रतिक्रिया