९ कार्तिक २०८३, सोमबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, १५ वैशाख । आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।